Total Pageviews

Showing posts with label परिचय. Show all posts
Showing posts with label परिचय. Show all posts

Sunday, September 8, 2024

गीताञ्जली थापा (मगर)

गीताञ्जली थापा

गीताञ्जली थापाको जन्म सन् १९८८ को जनवरीमा भारतको सिक्किम राज्यमा भएको हो । उनी त्यही सुन्दर ठाउँमा हुर्किन्, बढिन् । दक्षिण सिक्किममा पर्ने मालाबेसी नामको सानो गाउँमा रहेको डनबस्को स्कूलबाट उनले पढाई सुरु गरिन् । पछि गान्तोकमा रहेको टाशी नामग्याल एकेडेमीमा अध्ययन गरिन् । उच्च शिक्षा (ग्राजुएसन) भने पश्चिम बङ्गाल राज्यको कोलकाताबाट पूरा गरिन् ।

सन् २०१० देखि अभिनयमा सक्रिय भइन् । अभिनयमा आउनुअघि उनी एक व्यवसायिक मोेडल थिइन् । उनले मोडलिङमा केही पुरस्कार र अवार्ड प्राप्त गरिसकेकी थिइन् । 

उनको पहिलोपटक अभिनय रहेको अँग्रेजी भाषाको लघुफिल्म मिथ (२००६) थियो जसलाई प्रशान्त रसाइलीले निर्देशन गरेका थिए । त्यतिबेला उनी विद्यालय तहमै अध्ययनरत थिइन् ।

सन् २०१० मा उनी पहिलोपटक फिचर फिल्ममा देखा परिन् । २०१२ मा आईडी नामको फिल्ममा देखा परिन् । त्यो फिल्ममा विभिन्न अवार्ड र पुरस्कारहरू जित्यो । जस्तै, बेस्ट पर्फर्मेन्स (लस एन्जलस फिल्म फेस्टिवल, २०१३) र बेस्ट एक्टे«स (इम्याजिन इण्डिया अवार्ड– म्याड्रिड फिल्म फेस्टिवल, २०१३) ।

गीताञ्जलीले त्यसपछि सन् २०१३ मा मनसुन शूट आउट र द्याट डे आफ्टर एभ्री डे नामका दुईओटा फिल्ममा अभिनय गरिन् । त्यही वर्ष नै उनको मुख्य भूमिका रहेको एक अर्को फिल्म खुबै चर्चित भयो । त्यसको नाम हो, लायर्स डाइस । यस फिल्ममा उनीसँग अर्का प्रसिद्ध कलाकार नवाजुद्दिन सिद्दिकी थिए । यस फिल्मले गीताञ्जलीलाई राष्ट्रिय रुपमा चिनायो र विभिन्न अवार्डहरू दिलायो । उनले यसै फिल्मबाट नेशनल फिल्म अवार्ड फर बेस्ट एक्टे«स अवार्ड जितिन् । यही फिल्मबाटै उनले न्यूयोर्क इण्डियन फिल्म फेस्टिवलमा बेस्ट एक्टे«स अवार्ड पाइन् ।

२०१४ मा उनको मुख्य भूमिका रहेको बहुभाषा (हिन्दी, उर्दु, अँग्रेजी र जर्मन) को फिल्म टाइगर्स रिलिज भयो । यो फिल्ममा विभिन्न देशका कलाकारहरूले अभिनय गरेका थिए । यस फिल्मले सोही वर्षको टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा प्रदर्शन हुने मौका पायो । गीताञ्जलीको कामलाई धेरैले प्रशंसा गरे । 

२०१६ मा उनी अभिनित दुईओटा फिल्म आए जसको नाम ल्याण्ड अफ दि गड्स र ट्रयाप्ड थियो । २०१८ मा त उनका तीनओटा फिल्म प्रदर्शन भए । तिनका नाम कुछ भिगे अल्फाज, पेन्टिङ लाइफ र बाइस्कोपवाला थिए । २०१९ मा रिलिज भएको स्टे« डल्सका लागि ट्रिबेका फिल्म फेस्टिवलमा स्पेशल जूरी मेन्सन अवार्ड प्राप्त गरिन् ।

सन् २०२० मा उनले एक लघु फिल्ममा काम गरिन् । त्यसको नाम थियो, फ्राइड लाइन्स । यसैगरी उनले नेटफ्लिक्समा प्रसारित वेबसिरिज सेक्रेड गेम्सको सिजन वन (२०१८) मा पनि काम गर्ने अवसर प्राप्त गरिन् ।

उनले अभिनय गरेको फिल्म आईडी बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा पहिलो प्रदर्शन भएको थियो । मनसुन शूटआउटले एक अर्को प्रसिद्ध फिल्म महोत्सव कान्समा प्रदर्शन हुने अवसर प्राप्त ग¥यो र अन्तर्राष्ट्रिय रुपमा चर्चा पायो ।

द्याट डे आफ्टर एभ्री डे एक लघुफिल्म हो । यसलाई निर्देशन गरेका थिए प्रसिद्ध भारतीय निर्देशक अनुराग कश्यपले । यसमा उनले अभिनेत्री राधिका आप्टेसँग अभिनय गर्ने अवसर पाइन् । यो फिल्म युट्युबमा रिलिज भएको एक हप्ताभित्रै ६ मिलियन (६० लाख) दर्शकले हेरेका थिए । 

(जेबी दर्लामीको प्रकाशोन्मुख पुस्तक ‘कीर्तिमानी मगर महिला’ भित्र समावेश)