Translate

Total Pageviews

27 September, 2024

गजल- जेबी दर्लामी





चाकडीले पेट भरेको देख्छु

स्वाभिमान भोकले मरेको देख्छु


प्रत्येक बिहान यी आँखा खोल्दा

सिमाना वर सरेको देख्छु


अझै नि किन यो मेरो देशमा

दुष्टले शासन गरेको देख्छु


हाम्रा बारीका कान्लाहरूमा

विदेशी साँढे चरेको देख्छु


युवाहरूको अनगिन्ती लहर

मुग्लान ताकेर झरेको देख्छु

००


2 comments:

  1. सुन्दर सर

    ReplyDelete
  2. कति सान्दर्भिक सर ।

    ReplyDelete

Featured Post

भ्रम– २

जेबी दर्लामी जुन दिन तिमी अदेख भयौ जुन बाटो भएर तिमी हात हल्लाउँदै हल्लाउँदै गयौ त्यही दिनदेखि मलाई यस्तो लाग्न थालेको छ, समय यतै कतै रोकिएक...