Translate

Total Pageviews

12 March, 2026

रोल्पा (जेलबाङ/ लिबाङ) यात्राका केही दृश्य (२०८२ माघ ४ देखि ८ गतेसम्म)

नेपाल मगर प्राज्ञिक परिषदको आयोजना तथा सुनछहरी गाउँपालिकाको सहयोगमा सम्पन्न मगरात स्वायत्तता एवं मगर दर्शन विषयक कार्यशाला गोष्ठीमा भाग लिने क्रममा पहिलोपटक रोल्पाको ५ दिने यात्रा सम्भव भयो । सोही अवसरमा सेलफोनबाट लिइएका यी तस्वीरहरु साझा गरेको छु ।


 जेबी दर्लामी







































































22 October, 2025

खै कताबाट आएथ्यो


जेबी दर्लामी










जेबी दर्लामी


खै कताबाट आएथ्यो

कुन दिन

कुन समय

कुन प्रहर

थाहा छैन

तर अझै आभासित छ उसको आगमन

सिमलको भूवाजस्तै

उड्दै उड्दै विस्तारै आएथ्यो त्यो

अनि थपक्क मेरो जीवनमा बसेथ्यो


उसको साथको न्यानो

उसको स्पर्शको कोमलता

स्वप्नमयी ती दिन

ती क्षण

ती प्रहरहरू

उसैको रिमझिम बर्खाजस्तो सान्निध्यमा

पल्हाएका मेरा ठूटा रहरहरू


सुरुमा मलाई ऊ

मभन्दा बढ्ता वेपर्वाह लाग्यो

मभन्दा बढ्ता अनौपचारिक लाग्यो

मभन्दा बढ्ता घुमन्ते लाग्यो


मेरो जिन्दगीको सङ्घारभित्र ऊ

मलाई नै नसोधी प्रवेश गरेको थियो


अलि अलि बदमास पनि लाग्यो

मेरो अवचेतन ईच्छाको कमजोर धर्सोमा टेकेर

मेरो ओठमाथि छपक्कै भूत्ला

उसैले टाँसिदिएको हो

आनीको जस्तो मेरो मसिनो स्वर

नारायण गोपालको जस्तो बनाइदिने प्रलोभनमा

खस्रे भ्यागुताको भन्दा टर्रो

उसैले बनाइदिएको हो


कहिलेकाहीँ मलाई ऊ

उट्पट्याङविनोदी जस्तो लाग्यो

हुने / नहुने

चाहिने / नचाहिने कल्पना गर्न

होमवर्क छाडेर मेला भर्न

उसैले सिकाएको हो


र पनि मलाई ऊ

कता—कता ज्ञानी जस्तो लाग्यो

आठवटा रस जान्दथेँ म

नवौँ रस उसैले चाख्न लगाएको हो

छः वटा रङ चिन्दथेँ म

सातौँ चाहिँ उसैले चिनाएको हो


तर यतिखेर मलाई ऊ

थाहै नदिई आउने

र त्यसै गरि जाने

मतलबी पाहुना जस्तो एकसाथ लागिरहेछ


जाने बेलामा उसले

के साउती मारेर गएछ कुन्नि मेरो मनसँग

मेरो मन

अझैसम्म सम्झी सम्झी हाँसिरहेछ

मेरो मन

कहिल्यै बूढो नहुने

अनौठो भ्रममा बाँचिरहेछ


त्यो मेरो वैश थियो

त्यो मेरो यौवन थियो

खै कताबाट आएथ्यो


कुन दिन

कुन समय

कुन प्रहर

सिमलको भूवाजस्तो उड्दै उड्दै

त्यसरी नै ऊ गयो

ऊसँग बितेको दुई पल

ऊसँग हिँडेको दुई पाईला

सम्झना मात्र बाँकी रह्यो

०००


Featured Post

भ्रम– २

जेबी दर्लामी जुन दिन तिमी अदेख भयौ जुन बाटो भएर तिमी हात हल्लाउँदै हल्लाउँदै गयौ त्यही दिनदेखि मलाई यस्तो लाग्न थालेको छ, समय यतै कतै रोकिएक...