Total Pageviews

Sunday, September 8, 2024

गीताञ्जली थापा (मगर)

गीताञ्जली थापा

गीताञ्जली थापाको जन्म सन् १९८८ को जनवरीमा भारतको सिक्किम राज्यमा भएको हो । उनी त्यही सुन्दर ठाउँमा हुर्किन्, बढिन् । दक्षिण सिक्किममा पर्ने मालाबेसी नामको सानो गाउँमा रहेको डनबस्को स्कूलबाट उनले पढाई सुरु गरिन् । पछि गान्तोकमा रहेको टाशी नामग्याल एकेडेमीमा अध्ययन गरिन् । उच्च शिक्षा (ग्राजुएसन) भने पश्चिम बङ्गाल राज्यको कोलकाताबाट पूरा गरिन् ।

सन् २०१० देखि अभिनयमा सक्रिय भइन् । अभिनयमा आउनुअघि उनी एक व्यवसायिक मोेडल थिइन् । उनले मोडलिङमा केही पुरस्कार र अवार्ड प्राप्त गरिसकेकी थिइन् । 

उनको पहिलोपटक अभिनय रहेको अँग्रेजी भाषाको लघुफिल्म मिथ (२००६) थियो जसलाई प्रशान्त रसाइलीले निर्देशन गरेका थिए । त्यतिबेला उनी विद्यालय तहमै अध्ययनरत थिइन् ।

सन् २०१० मा उनी पहिलोपटक फिचर फिल्ममा देखा परिन् । २०१२ मा आईडी नामको फिल्ममा देखा परिन् । त्यो फिल्ममा विभिन्न अवार्ड र पुरस्कारहरू जित्यो । जस्तै, बेस्ट पर्फर्मेन्स (लस एन्जलस फिल्म फेस्टिवल, २०१३) र बेस्ट एक्टे«स (इम्याजिन इण्डिया अवार्ड– म्याड्रिड फिल्म फेस्टिवल, २०१३) ।

गीताञ्जलीले त्यसपछि सन् २०१३ मा मनसुन शूट आउट र द्याट डे आफ्टर एभ्री डे नामका दुईओटा फिल्ममा अभिनय गरिन् । त्यही वर्ष नै उनको मुख्य भूमिका रहेको एक अर्को फिल्म खुबै चर्चित भयो । त्यसको नाम हो, लायर्स डाइस । यस फिल्ममा उनीसँग अर्का प्रसिद्ध कलाकार नवाजुद्दिन सिद्दिकी थिए । यस फिल्मले गीताञ्जलीलाई राष्ट्रिय रुपमा चिनायो र विभिन्न अवार्डहरू दिलायो । उनले यसै फिल्मबाट नेशनल फिल्म अवार्ड फर बेस्ट एक्टे«स अवार्ड जितिन् । यही फिल्मबाटै उनले न्यूयोर्क इण्डियन फिल्म फेस्टिवलमा बेस्ट एक्टे«स अवार्ड पाइन् ।

२०१४ मा उनको मुख्य भूमिका रहेको बहुभाषा (हिन्दी, उर्दु, अँग्रेजी र जर्मन) को फिल्म टाइगर्स रिलिज भयो । यो फिल्ममा विभिन्न देशका कलाकारहरूले अभिनय गरेका थिए । यस फिल्मले सोही वर्षको टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवलमा प्रदर्शन हुने मौका पायो । गीताञ्जलीको कामलाई धेरैले प्रशंसा गरे । 

२०१६ मा उनी अभिनित दुईओटा फिल्म आए जसको नाम ल्याण्ड अफ दि गड्स र ट्रयाप्ड थियो । २०१८ मा त उनका तीनओटा फिल्म प्रदर्शन भए । तिनका नाम कुछ भिगे अल्फाज, पेन्टिङ लाइफ र बाइस्कोपवाला थिए । २०१९ मा रिलिज भएको स्टे« डल्सका लागि ट्रिबेका फिल्म फेस्टिवलमा स्पेशल जूरी मेन्सन अवार्ड प्राप्त गरिन् ।

सन् २०२० मा उनले एक लघु फिल्ममा काम गरिन् । त्यसको नाम थियो, फ्राइड लाइन्स । यसैगरी उनले नेटफ्लिक्समा प्रसारित वेबसिरिज सेक्रेड गेम्सको सिजन वन (२०१८) मा पनि काम गर्ने अवसर प्राप्त गरिन् ।

उनले अभिनय गरेको फिल्म आईडी बुसान इन्टरनेशनल फिल्म फेस्टिवलमा पहिलो प्रदर्शन भएको थियो । मनसुन शूटआउटले एक अर्को प्रसिद्ध फिल्म महोत्सव कान्समा प्रदर्शन हुने अवसर प्राप्त ग¥यो र अन्तर्राष्ट्रिय रुपमा चर्चा पायो ।

द्याट डे आफ्टर एभ्री डे एक लघुफिल्म हो । यसलाई निर्देशन गरेका थिए प्रसिद्ध भारतीय निर्देशक अनुराग कश्यपले । यसमा उनले अभिनेत्री राधिका आप्टेसँग अभिनय गर्ने अवसर पाइन् । यो फिल्म युट्युबमा रिलिज भएको एक हप्ताभित्रै ६ मिलियन (६० लाख) दर्शकले हेरेका थिए । 

(जेबी दर्लामीको प्रकाशोन्मुख पुस्तक ‘कीर्तिमानी मगर महिला’ भित्र समावेश)


Thursday, June 13, 2024

मारीखोलाको ढुंगो: जनयुद्धको बाछिटाले जन्माएको कमरेड ‘अलपत्र’को कथा

सुशीला तामाङ

१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ– लेखक जेबी दर्लामीले हालै मात्र नेपालय पब्लिकेशन मार्फत आफ्नो पछिल्लो उपन्यासमारीखोलाको ढुंगोलाई पाठकमाझ पस्किएका छन्

आफ्नो कृतिलाई साहित्यप्रेमीमाझ छोडेर उनी आफ्नै थातथलो बुटवलतिर फर्किसकेका छन् लेखक दर्लामीका अनुसारमारीखोलाको ढुंगोयुद्धको त्रासदी बोकेको एक योद्धाको आँखाले देखेको समाजको कथा हो

जनयुद्धका नाममा अनेक सपना बोकेर युद्धमा होमिएकाको सपना कसरी बिथोलियो? बिथोलिएका सपना बोकेर बाँचेका ती योद्धा युद्ध हाँकेकाहरुले उनीहरुलाई कुन रुपमा किनारा लगाए भन्ने कथालाई उपन्यासले छिचोल्ने प्रयत्न गरेको

 ‘मारीखोलाको ढुंगो सिंगो युद्धको प्रवृत्ति होइन, एक जना योद्धाका रुपमा उभिएको पात्रको भोगाइ हो, जहाँ रहरले होइन, बाध्यता विवशताले युद्धमा होमिएकाहरुको सपना बिथोलिएपछिका कथा क्रमलाई समेटिएको ,’ दर्लामी भन्छन्

उपन्यासमा माओवादी जनयुद्धको दश वर्षे समय क्रमका भोगाइहरु चित्रित छन्    

वि.सं. २०५९ साल भदौ २३ गतेको दिन जेबीको स्मरणमा अझै पनि ताजै तत्कालीन माओवादी विद्रोहीले एकाएक आक्रमण गरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क कब्जामा लिएको थियो

राज्य विद्रोही पक्षको भीषण युद्धले सदरमुकाम ध्वस्त भयो त्यो दिन उनी कामकै सिलसिलामा सदरमुकाम (सन्धिखर्क) पुगेका थिए

त्यसको करीब चार वर्षपछि वि. सं. २०६३ मंसिर गते माओवादी शान्ति प्रक्रियामा आएर मूलधारको राजनीतिमा प्रवेश गर्‍यो त्यसपछि २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलका रुपमा उदायो

उत्पीडन, दलन शोषणको विरुद्ध सीमान्तकृत वर्गका लागि भनेर उदाएको दलले आफूले हिँडेको बाटो मोडिदियो त्यसपछि मुक्तिको बाटोमा हिँडेका हजारौं योद्धाहरुको सपना बिथोलियो सबै तितरबितर भए

त्यसलाई नजिकैबाट नियालिरहेका दर्लामीको जनयुद्ध जनयोद्धाको अवस्थाले मनमा हिर्काएर विचलित बनायो जसरी युद्धमा लडेका योद्धाहरु अलपत्र भए, देशको स्थिति पनि त्यसरी नै जान थाल्यो

त्यही भीडमा उनले देखे, ‘कमरेड अलपत्र

युद्धको त्रासदीले उथलपुथल पारेको त्यही कमरेडको सपना, जीवन आकाङ्क्षाहरु लेख्दालेख्दै उपन्यासका रुपमामारीखोलाको ढुंगोजन्मियो  

उपन्यासकै खाकाका रुपमा भने उनले कोरोना महामारीको पहिलो लकडाउनमै लेख्न शुरु गरेका थिए आफूले देखे/भोगेका पात्रहरुबारे अक्षरमा उतार्न उनलाई त्यति कठिन भएन युद्धमा होमिएका नजिकका साथीभाइहरुको दिनचर्यालाई उनले नियालेका थिए

राजनीति फाँट अन्य गतिविधिमा जोडिने सिलसिलामा जनयुद्धलाई समेत उनले देखे/भोगेका थिए त्यही परिवेशहरुमा केन्द्रित रहेर उनले आफ्नो लेखनलाई निरन्तरता दिए आफ्नो पछिल्लो कृतिलाई नेपालय पब्लिकेशनको दैलोबाट पर्दार्पण गर्छु भन्ने उनको अर्को मनोकाङ्क्षा थियो

जनयुद्धकालीन त्यो परिवेशलाई २२ हजार शब्दमा उनेरनेपालय’ (प्रकाशक) पुगेका उनको मनोकाङ्क्षालाई पब्लिकेशनले सहर्ष स्वीकार गर्‍यो

त्यसपश्चात् नै थप परिमार्जनसहित ३२ हजार शब्दमा उनका शब्दहरुलेमारीखोलाको ढुंगोको रुप लियो

उपन्यासबारे समीक्षात्मक हिसाबमा टिकाटिप्पणी होला या नहोला त्यो भोलिको समयले बताउला तथापि दर्लामी भने नेपालयबाट आफ्नो पछिल्लो कृति सार्वजनिक हुँदा खुसी छन्

यसअघि उनका दुई उपन्यासहरु यात्री (२०७४) नुरी (२०७५) मा क्रमशः लिपि बुक्स सांग्रिला पब्लिकेशनबाट प्रकाशित भएका हुन् उनकोनेपालको राजनीतिमा अर्घाखाँचीशोधमूलक पुस्तक समेत प्रकाशित तीन वटा पुस्तक प्रकाशित भए पनि राजधानीमा आफू नयाँ लेखककै स्तरमा रहेको उनलाई लाग्छ

आम पाठकमाझ नचिनिएका लेखकलाई राजधानीमा आएर पुस्तक सार्वजनिक गर्न पाउनु नै ठूलो कुरा रहेको उनले सुनाए

नयाँ लेखकलाई कृति तयार पार्नभन्दा पाठकमाझ पुर्‍याउन बेहोर्नुपर्ने कठिनताको अनुभव उनले लिएका छन् पहिलो उपन्यासयात्रीलागि एउटा पब्लिकेशनले उनको २५ हजार रुपैयाँ लिएर पुस्तक नै प्रकाशन गरिदिएन जुन समूहले आजसम्म पनि दुःख दिइरहेको उनले गुनासो गरे

नेतृत्वलाई जवाफदेही बनाउन युद्धका विषयमा साहित्य सिर्जना अझै हुनुपर्छ भन्ने उनलाई लाग्छ उनले टिपेका कमरेड अलपत्र जस्ता हजारौं कमरेडहरुको कथा लेखिन बाँकी रहेको उनी सुनाउँछन्

मैले एकजनाको कथा प्रतिनिधिका रुपमा लेखेको मात्र हो, युद्धमा वीरगति पाएका, बेपत्ता घाइते भएर बाँचिरहेका हजारौँ योद्धाहरु छन्, ती प्रत्येकबाट एउटा कथा आउँछन्,’ उनी भन्छन्

उनका अनुसार युद्ध साहित्य भनेको केवल साहित्यमा आएका फगत सिर्जना मात्र होइनन् देशको इतिहास बताउने दस्तावेज पनि हो त्यसकारण यसलाई अभिलेखीकरण गर्न भए पनि धेरै भन्दा धेरै युद्धका कुरा लेखनमा आउनुपर्ने उनको बुझाइ

युद्धमा लडेकाहरु अहिले अर्को सपना बोकेर कोही परदेश कोही अर्कै विचारधारा लिएर राजनीतितिरै रुमलिरहेको उनी देख्छन् उनीहरुको वर्तमानकालीन अवस्थाले जेबीको मन घरिघरि पिरोलिन्छ साहित्यमार्फत नै ती योद्धाहरुको भावलाई पोखेर सम्मान प्रकट गरेकोमा उनलाई केही सन्तोष मिलेको

यसरी नै छुटेकाहरुको कथा लेखेर नै गन्तव्यसम्म पुग्छु भन्ने उनको मनले भन्छ प्रत्येक लेखकसँग आफ्नै विचार धारा शैली हुन्छन् भन्ने कुरामा उनी दृढ छन् त्यसैले पनि त्यस्ता कथा आफ्नै शैलीमा भन्न पनि उनलाई लेखिरहन्छु भन्ने लाग्छ

आफ्नो कुरा अरुले लेखिदिएमा केही छुट्ला कि भन्ने उनलाई त्रास जसरी पूर्वका किराँती समुदायदेखि तामाङ समुदायका कुराहरु आख्यान, नाटक जस्ता विधामा आइरहेका छन्, त्यसरी नै मगरात क्षेत्रलाई लेखनमा ल्याउने उनको सपना

उनी थप्छन्, ‘साहित्य लेखनमा मगरात क्षेत्र छुटेका छन्, यहाँको कुरा मैले नै लेख्नुपर्छ भन्नुपर्छ भन्ने मलाई लाग्छ

यसरी आउने लेखनमा मनोविज्ञान साहित्यको दृष्टिकोण नै अलग हुने उनको भनाइ लुम्बिनी प्रदेश अन्तर्गत नेपाल आदिवासी जनजाति चलचित्र महासंघका समेत उनी प्रदेश महासचिव हुन्

महेन्द्र राजमार्गबाट थोरै दुरी टाढा भएर पनि न्यूनतम पूर्वाधारबाट समेत हालसम्म वञ्चित भएको उनको जन्मभूमि अर्घाखाँचीको सिद्धाराका अभावलाई साहित्यमा मात्र नभएर फिल्ममा ल्याउने समेत उनको सपना

यी सबै कुरालाई हिसाबकिताब गर्दा फेरि उही जीविकोपार्जनका कुरा उनको अगाडि आइदिन्छ जसोतसो जेनतेन गरेरै भए पनि पूर्णकालीन लेखक हुन्छु नै भन्ने उनको हृदयले भन्छ        

https://joynepal.com/2024/04/29614/