Total Pageviews

27 September, 2024

Danapur (Gajedi) Lake, Rupandehi, Nepal

Danapur

#Danapur (Gajedi) Lake, Rupandehi, Nepal

#MobilePhotography

#JBDarlami

 

गजल- जेबी दर्लामी





चाकडीले पेट भरेको देख्छु

स्वाभिमान भोकले मरेको देख्छु


प्रत्येक बिहान यी आँखा खोल्दा

सिमाना वर सरेको देख्छु


अझै नि किन यो मेरो देशमा

दुष्टले शासन गरेको देख्छु


हाम्रा बारीका कान्लाहरूमा

विदेशी साँढे चरेको देख्छु


युवाहरूको अनगिन्ती लहर

मुग्लान ताकेर झरेको देख्छु

००


सिमलको भूवाजस्तै

 

गीत 

जेबी दर्लामी


सिमलको भूवाजस्तै उड्दै उड्दै आएको थ्यो

त्यो मेरो यौवन थियो

त्यसरी नै उड्दै उड्दै ऊ कता गयो गयो

त्यो मेरो वैंश थियो


भन्ज्याङ्गमा एकै छिन थकाई मार्न बसे जस्तो

जरुवाको पानी पिउन बटुवा अडे जस्तो

कहाँ पुग्नु थियो होला किन त्यस्तो हतार ग¥यो

त्यो मेरो वैंश थियो

सिमलको भूवा जस्तै ...........


नचिनेको पाहुनाले बास बस्न मागे जस्तो

दुश्मनले लखेटेर कुनै मृग भागे जस्तो

कहाँबाट आयो होला अनि फेरि कता गयो

त्यो मेरो वैंश
थियो

सिमलको भूवाजस्तै .............


Evening @Sauraha

#mobography 

#jbdarlami

#sauraha

#rhinoceros

#chitwannationalpark