Total Pageviews

Wednesday, February 5, 2025

वर्षात् दर्लामी हराएको सुचना




परिवर्तन हेर्न चाहने दुईटा चिम्सा आँखा

निष्ठाका कथा सुन्न चाहने दुईटा लोद्रा कान

अन्तरले देखेको बोलिहाल्ने मुख थियो उसको

तर, सबैको भलो आकांक्षा सुख थियो उसको


परिवर्तनको खोजीमा

देवालय छि¥यो

बन्दुक भि¥यो

कम्युनिष्ट मेनिफेष्टो

गीता, बाइबल, कुरान पढ्यो

काँडामा टेकेर उभ्भियो

फूलको एकै प्रहारमा ढल्यो


सन्धिखर्कको धूलाम्य सडकमा

भुस्याहा कुकुरजस्तो खुप डुल्दथ्यो ऊ

शान्ति बगैचाभित्र आलोक पुस्तकालयमा

घण्टौँसम्म एकोहोरिएर खुप भुल्दथ्यो ऊ


जुके पिँडालुजस्तो

ख्याउटे शरीर थियो ऊसँग

सधै गालामा हात राख्थ्यो

खै कस्तो पीर थियो ऊसँग ?


नजिक हुन जान्दैनथ्यो कसैसँग

भइहाल्यो भने

औपचारिकताका सबै सीमा मिचिदिने

उसको यस्तो बानी थियो

बीजगणित जस्तो अल्झेको

पहाड जस्तो नमिलेको

सगरमाथा र डेथ सी जस्तो आरोह र अवरोहको सङ्गम

यस्तै यस्तै उसको जिन्दगानी थियो


धेरै भयो त्यो कालो मान्छे हराएको

त्यसको नाम वर्षात् दर्लामी थियो ।


रचना : २२ मे, सन २०१५